उत्तर कोरियाद्वारा समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि



उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ।

परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो।उक्त क्षेप्यास्त्र समुद्रमुनिबाट पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ।

पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु हो। दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो।

यसको अर्थ सो क्षेप्यास्त्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो। तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

सो क्षेप्यास्त्र जापान सागरमा समुद्रमा खसेको थियो। यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुन: परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो।

बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो।उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ-३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो।

यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ।यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ-अनको तस्बिर भने सार्वजनिक भएको छैन। यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए।

यदि यो क्षेप्यास्त्र आकाशमा नभई जमिनतर्फ परीक्षण गरिएको भए यसले १,९०० किलोमिटर यात्रा गर्नेथियो। अर्थात् उक्त क्षेप्यास्त्र दक्षिण कोरिया र जापानको जुनसुकै भागमा पनि पुग्न सक्थ्यो।

तर पनडुब्बीबाट गर्न प्रहार गर्न मिल्ने क्षेप्यास्त्र समुद्रको जुनसुकै भागबाट पनि प्रयोग गर्न सकिन्छ र यसलाई पत्ता लगाउन पनि कठिन हुन्छ।

रोएटर्स समाचारसंस्थाका अनुसार सन् १९९० को दशकमा बनाइएका उत्तर कोरियाका पनडुब्बीहरू ७,००० किलोमिटर यात्रा गर्न सक्ने क्षमताका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार

जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको