अफगानिस्तानमा नयाँ राष्ट्रपति चयन गर्न मतदान



कडा सुरक्षा व्यवस्थाबीच अफगानिस्तानमा नयाँ राष्ट्रपति चयन गर्न मतदान गर्ने क्रम जारी छ। मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने तालेबान विद्रोहीहरूले धम्की दिएका कारण हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।

दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देaखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि आयोजना गरिएको हो।

अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्।

स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी साडातले समाचार संस्था एएफपीलाई बताए अनुसार मतदान गर्ने क्रम देशै भरी सुरु भएको छ र मतदान केन्द्रहरूमा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको छ।

चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले नेतृत्व गर्ने छन्।

अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गरेको दुई दशकदेखि अमेरिकाले तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।

हाल १४ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्।

सन् २००१ मा अमेरिकाले तालेबानको सत्ताच्यूत गरे पछिको यो चौथो निर्वाचन हो र निर्वाचित हुने उम्मेदवारले देशको इतिहामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ।

तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन। अमेरिकासँग सहमति भएपछि मात्रै सरकारसँग वार्ता गर्ने तालिबान विद्रोही समूहले बताएको छ।

त्यस कारण पनि सत्ताको बागडोर कसको हातमा जान्छ भन्ने विषय अमेरिकाका लागि त्यति ठुलो चासोको विषय नहुन सक्छ। तर सेना र तालिबान विद्रोहीबीचको सङ्घर्षको चपेटामा परेका सर्वसारधारणलाई भने यो महत्वपूर्ण विषय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन् -‘कुनै पछुतो छैन’ 

  केप टाउन । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँगको विवादमा संयुक्त राज्य अमेरिकाबाट निष्कासित

पाकिस्तानद्वारा बलुच कार्यकर्तामाथि ‘आतङ्कवाद’ को आरोप

  क्वेटा । प्रहरी दस्तावेजअनुसार पाकिस्तानले आइतबार एक बलुच अधिकार कार्यकर्तामाथि आतङ्कवाद, राजद्रोह

बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने

लन्डन । तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले चार वर्षभित्र सरकार

पश्चिम किनारमा नयाँ बस्तीहरूको इजरायली मान्यतालाई प्यालेस्टिनीहरूको निन्दा

रमल्लाह  । प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ