अमेरिकाद्वारा राष्ट्रसङ्घका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला



संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि क्यूवाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार उनीहरूमाथि “अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न“ रहेको आरोप छ ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसङ्घको मुख्यालय रहेको म्यान्ह्याटनभित्रै रहनुपर्ने उल्लेख गरेको मोर्गन ओर्टागुसले बताए ।

अमेरिकाले क्युबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे विस्तृत रूपमा उल्लेख गरेको छैन । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले सो कदमलाई “स्पष्ट रूपमा अनुचित“ भएको बताएका छन् ।

स्पेनिश भाषामा गरेको ट्वीटमा उनले आफ्नो देशका कूटनीतिज्ञमाथि लगाइएका आरोप “अश्लील आरोप“ भएको बताएका छन् र देशनिकालाको कदमले तनाव उत्पन्न गराएको उल्लेख गरेका छन् ।

राष्ट्रसङ्घीय महासभाका लागि केही दिनमा विश्वका नेताहरू न्यूयोर्कमा भेला हुँदैछन् । पछिल्लो देशनिकाला संयुक्त राज्य अमेरिका र कम्युनिस्ट मुलुक क्युबाबीचको ताजा कूटनीतिक मुठभेडको घटना हो ।

गत जुलाई महिनामा क्युबाले एउटा अमेरिकी प्राज्ञिक अध्ययनलाई खारेज गरिदिएको थियो जसको निष्कर्ष थियो क्युबामा काम गरेका अमेरिकी कूटनीतिज्ञहरूको मस्तिष्कमा समस्या देखिएको छ ।

जर्नल अफ द अमेरिकन मेडिकल असोसिएशनमा प्रकाशित अध्ययनमा कूटनीतिज्ञहरूको मस्तिष्कमा ह्वाइट म्याटर भनिने क्षेत्र कम रहेको उल्लेख गरिएको थियो ।

बिहीवार प्रकाशित एउटा क्यानेडियन अध्ययनमा क्युबामा कीराफट्याङ्ग्रा नियन्त्रणका लागि छर्किने कीटनाशकमा हुने न्यूरोटक्सिनको असर हुन सक्ने उल्लेख गरिएको छ। । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेयता क्युबामाथि दबाव बढाउँदै लगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास

सुडानको डार्फर बजारमा सेनाको आक्रमण, सयौँको मृत्यु

खार्तुम । एक सुडानी युद्ध निगरानी समूहले मङ्गलबार सेनामाथि देशको पश्चिमी डार्फर क्षेत्रमा

मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

चीन । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको